कोरोना संकटकाबिच नारायणी अस्पतालका स्वास्थ्यकर्मी द्वारा राजिनामा

कोरोना संकटकाबिच नारायणी अस्पतालका स्वास्थ्यकर्मी द्वारा राजिनामा

बिरगंजको नारायणी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मचारि र कर्मचारिले सामुहिक राजिनामा दियका हुन् । कोरोना संक्रमितहरुको उपचारम रातदिन खटियका स्वास्थ्यकर्मि र कर्मचारिहरु माथि नै आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै सामुहिक राजिनामा दिन बाध्य भयको अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर मदन उपाध्यले जानकारि दिनुभयको छ ।

प्रमुख जिल्ला अधिकारिलाई राजिनामा बुझायपनि कोरोना संक्रमितको उपचार भने गरिराखियको मेसु उपाध्यायले बताउनुभयको छ । कोरना बिरुद्धको लडाईमा फ्रन्टलाइनमा बसेर सेवा दिने स्वास्थ्यकर्मिको सुरक्षा हुनुपर्ने , सरकारबाट कोरोना अस्पतालका लागि थप जशक्ति ब्याबस्था गर्नुपर्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाहि हुनुपर्ने माग राख्दै सामुहिक राजिनामा पेस गरियको मेसु उपाध्यायले जानकारि दिनुभयो राजिनामा पेस गरेपनि स्विकृत भने भयको छैन ।

गत साउन २४ गते बिरगंज छपकैया कि २० बर्षिय युवतिको बिरगंजका अस्पातलेहरुले भर्ना लिन नमानेपछि उपचार नपायर उनको मृत्यु भयको थियो ।

त्यसैको आक्रोसमा मृतकका आफान्त र स्थानियले साउन २५ गते अस्पाताल ,डाक्टर र मेसु बिरुद्द नाराबाजि गर्दै अस्पतालको गेटमा प्रदर्शन गरेका थिय प्रदर्शनकारिले अस्पतालभित्र तोडफोड गर्नुका साथै डाक्टर उदय नारायण सिंहको निजिकारको सिसा समेत फुटायका थिय ।

घटना लगत्तै अस्पतालका स्वास्थ्यकर्मि र कर्मचारिहरुले कामगर्न सक्ने अबस्था नभयको भन्दै मेसु समक्ष राजिनामा बुझायका थिय ।