पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु , ३३८ नयां संक्रमित थपिय

पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु , ३३८ नयां संक्रमित थपिय

नेपालमा आज थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भयको छ । यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २३ हजार ३१० पुगेको छ । पछिल्लो २४ घन्टामा १४० जनाले कोरोनालाई जितेर घर फर्कियका छन् । यो संगै नेपालमा कोरोना सक्रमण पछि निको हुनेको संख्या १६ हजार ४९३ रहेको छ स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारि दिनुभयको छ । यस्तै हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको मन्त्रालयले जनायको छ । हालसम्म ४ लाख ५२ हजार २ सय ३६ जनाको पिसिआर बिधिबाट परिक्षण गरियको छ । हाल देशभरका क्वारिनटिनमा १० हजार ७ सय ५९ जना रहेका छन् अहिले गन्डकि र प्रदेश न : १ मा क्वारिनटिनमा हुनेको संख्या सर्बाधिक रहेको छ ।