कोरोनाले निम्त्यायको अबसर

कोरोनाले निम्त्यायको अबसर

काेराेना कहर बिच धेरै नेपालीहरू विदेशबाट फर्किए। फर्किएका प्रायले अब देशमा नै रहेर केही न केही काम गर्ने प्रण पनि गरेका छन। विदेशबाट फर्किएका मात्र नभई देशमा नै रहिरहेका युवाहरू पनि हाल कृषी पेशा प्रति आकर्षित भएकाे पनि देखियाे। जुन निकै सकारात्मक छ। विगतम भन्दा काेराेना कहरकाे समयमा नेपाली युवाहरूकाे कृषि प्रतिको माेह र सम्मान परिवर्तन भएकाे पाउछाैं । जुन देशका लागि निकै फाईदाजनक हाे। केहिले तरकारि खेति , फलफुल खेति, पशुपालन , डेरि उत्पादन तथा वितरण गरिरहेका छन। यसै बिच हिजाे श्रावण १ गतेबाट भरतपुर महानगरपालिका वडा न १० शान्ति इन्द्रेणी टाेलमा ॐ डेरिकाे नाममा दूध, दहि, घ्यू , पनिर तथा सम्पुर्ण डेरि जन्य उत्पादन बिक्रि बितरण शुरू भएकाे छ।

चितवनका जम्मा ५ जना युवाहरूकाे समुहले सिपको साथि प्रा.ली नाममा कम्पनी दर्ता गरि सुरू गरेकाे ॐ डेरिले हिजाे देखि थाेक तथा खुद्रा गरि दैनिक ४०० लिटर दूध बिक्रि भैरहेकाे संचालक बल बहादुर पाखृनले बताए। हाल दुग्ध बिकास सहकारि सङको सहकार्यमा करिब १० लाख रूपैयाँ बाट सुरू गरेकाे यस कम्पनी ले आगामि दिनमा सिपको साथि प्रा.ली कै नाममा बृहत डेरि जन्य उत्पादनका लागि आवश्यक सम्पुर्ण औजार तथा पुर्वाधार निर्माण गरि संचालनमा ल्याउने तयारि भैरहेकाे पाखृनले बताएका छन।यसरी युवाहरूलाई कृषी कर्म प्रती आकर्षित गर्न स्थानिय सरकारले पनि बिभिन्न तालिम तथा आधुनिक औजार सहित सहयाेग गर्न सके कृषिमा भविष्य रोज्नेहरुलाई थप उर्जा मिल्ने पक्का छ।