माडी ७ गोपालनगरका युवाहरुको सक्रियतमा सडक बत्ति जडान

माडी ७ गोपालनगरका युवाहरुको सक्रियतमा सडक बत्ति जडान

माडी ७ गोपालनगर र गौरिनगरका युवाहरुको संयुक्त प्रयासमा बाटोमा रहेको पोलहरुमा सडक बत्ति हालियको छ। गोपालनगर र गौरिनगरका स्थानिय टोलबासिहरको निर्णयमा सडक बत्ति हालियको स्थानिय युवा युवराज घिमिरेले जानकारि दिनुभयको छ ।

बिहान बेलुका हिड्डुल गर्न असहजिलो भयको , जंगलिजनावारले आत्रमण गर्ने डर भयको , बिहान बेलुकि बिध्यालय जाने आउने बालबालिकाहरुलाई समस्या भयकाले स्थानियहरुकै सक्रियतमा सडक बत्ति हालियको हो । सडकबत्ति हाले संगै सांझ र रातमा सडक दुर्घटना पनि न्युनिकरण हुने स्थानियले बिश्वास लियका छन् ।

करिब २३ सय मिटरको दुरिमा रहेको ५० वटा पोलमा बत्ति जडान गरियको हो । आबाश्यक खर्च दुई गांउको आपासि समझदारि उठाईयको थियो भने स्थानिय युवाहरुले निशुल्क श्रमदान गरेका थिय ।

यो पनि पढ्नुहोस

लागु औषध सहित चितवन प्रहरिले ५ जनालाई पक्राउ गरेको छ । लागु औषध ओसारपोसार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरिले भरतपुरको बिक्रममार्गमा चेकजांच गर्दा बोलेरो सहित यवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भरतपुर बाह्रघरेका २१ बर्षिय अनुज भनिने भुदत्त परियार रहेका छन् । उनको साथबाट फेनेरगन ३ एमएल २५५ थान , नुफिन २ एमएल २५५ थान र डिजेफाम २ एमएल २५५ थान लागु ओषध बरामत गरियको प्रहरिले जानकारि दियको छ ।