माडीका ७२ जनामै कोरोना नभयको पुष्टि

माडीका ७२ जनामै कोरोना नभयको पुष्टि

भरतपुरको कोभिड १९ प्रयोगशालामा सोमबार गरियको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

कावासोति ३ नवलपुरका ३७ बर्षिय पुरुषमा संक्रमण पुष्टि भयको भरतपुर अस्पतालले जानकारि गरायको छ । सोमबार मात्रै ४३७ जनाको पिसिआर बिधिबाट परिक्षण गरियको थियो ।

यसैबिच माडीबाट ७२ जनाको परिक्षणको लागि लगियकोमा सबैको रिपोर्ट नोगेटिभ ( कोरना नभयको ) आयको छ । जसमध्ये भरतपुर महाननगरपालिकाका १०७ जनाको परिक्षण गरियको थियो , यस्तै भरतपुर अस्पताल बाट २५ , सेन्ट्रल हस्पिटलबाट २, बिपि कोईराला क्यान्सर अस्पतालबाट ११ , ईच्छाकामना गांउपालिकाबाट २ , सिओएमयस बाट ७ , सियमसिबाट १२ , पुष्पान्जलि अस्पतालबाट ११ , राप्ति नगरपालिकाबाट २५, गैंडाकोट नगरपालिका बाट २५, नारायणि सामपदायिक अस्पतालबाट १६, भरतपुर कोरोना अस्पतालबाट २६, कावासोति नगरपालिकाबाट ५२ , रत्ननगरपालिका बाट ४५ गरि जम्मा ४३७ जनाको पिसिआर बिधिबाट परिक्षण गरियकोमा १ जनामा कोरोना पुष्टि भयको हो ।

यसैबिच उता माडि नगरपालिकाले सुनौलि र ठोरिनाकामा अलपत्र परेका नेपालिलाई उद्दार गरि ल्यायर क्वार्नटिनमा राखेर पकिक्षणका लागि पठायकोमा सबैको रिपोर्ट नेगेटिभ आयको छ । उद्दार तथा क्वारिवटिन ब्याबस्थापनमा खटियका सुरक्षाकर्मि , स्वासथ्यकर्मि , स्वंयमसेबकहरुमा गरियको परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आयको हो ।

हालसम्म माडिमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनिहरु सबैलाई सुनौलिनाकाबाट नगरपालिकाको टिमले उद्दारगरि माडी ल्यायको थियो । संक्रमितहरुको भरतपुरको कोरोना बिशेश अस्पतलामा राखेर उपचार गरियको थियो , भरतपुरको कोरोना अस्पालमा न्युनतम सुबिधापनि नभयको भन्दै केहिले भिडियो सामाग्रि नै खिचेर सामाजिक संजालमा हालेपछि अस्पताल ब्याबस्थापनमा खटियको टिमले भरतपुर अस्पतालमा सारेको थियो ।

हालसम्म उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । हालउनिहरु स्वास्थ्यकर्मिको निगरानिमा रहेका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भयको छ जसमध्ये चितवनका १ जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । जसमध्ये १ हजार ४१ जना उपचारपछि निको भयका छन् ।

बिश्वभरि माहामारिको रुपमा फैलियको कोरोनाभाईरस सक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ३९ हजार ५१ पुगेको छ । यस्तै संक्रमणका कारण हालसम्म ८१ लाख १२ हजार ६ सय ११ जना संक्रमित भयका छन् ।

संक्रमितमध्ये ४२ लाख १३ हजार २ सय २६ जना भने उपचार पछि निको भयका छन् । भाईरस संक्रमणका कारण सबै भन्दा बढि प्रभाबित भयको अमेरिकामा हाल सम्म १ लाख १८ हजार २ सय ८३ जनाको मृत्यु भयको छ । जहां पछिल्लो २४ घन्टामा मृत्युदर शुन्य रहेको छ । २१ लाख ८२ हजार ९ सय ५० जना संक्रमित भयकामा ८ लाख ८९ हजार ८ सय ६६ जना भने निको भयर घर फर्कियका छन् ।

यस्तै ब्राजिलमा कोराना भाईरसका कारण ज्यान गुमाउने संख्या ४४ हजार १ सय १८ पुगेको छ जहां ८ लाख ९१ हजार ५ सय ५६ जना संक्रमित भयकोमा ४ लाख ६४ हजार ७ सय ७४ जना निको भयका छन् । यस्तै रसियामा ७ हजार ९१ , भारतमा ९ हजार ९ सय १५ जना ,बेलायतमा ४१ हजार ७ सय ३६ , स्पेनमा २७ हजार १ सय ३६ , ईटलिमा ३४ हजार ३ सय ७१ ,पेरुमा ६ हजार ८ सय ६० , इरानमा ८ हजार ९ सय ५० , जर्मनिमा ८ हजार ८ सय ८५, टर्किमा ४ हजार ८ सय २५ , मेक्सिकोमा १७ हजार ५ सय ८० जनाको मृत्यु भयको छ ।