नेपालमा आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि:यो संगै संक्रमितको सं‌ख्या ४३६४ पुग्यो

नेपालमा आज थप २७९ जनामा कोरोना संक्रमण पुष्टि:यो संगै संक्रमितको सं‌ख्या ४३६४ पुग्यो

नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ ।नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेको डा गौतमले बताए ।
हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज भएका छन् ।गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ ।यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख१० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ ।