थप १७ जनामा कोरोना पुष्टि , संक्रमित ४४४ पुगे

थप १७ जनामा कोरोना पुष्टि , संक्रमित ४४४ पुगे

नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भयको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र धरान प्रादेशिक जनस्वास्थ्या प्रयोगशाला बिराटनगरमा गरियको परिक्षणमा १७ जना नयां सक्रमित थपियका हुन् ।

झापाको कचनाकवल गांउपालिकामा १५ जना , धनकुटा र सुनसरिमा १/१ जनामा कोरोना पुष्टि भयको स्वास्थ्य तथा जनयंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारि दिनुभयको छ ।

संक्रमितहरु कचनाकवल गांउपालिका वडा नं ३, ६ र ८ का रहेका छन् जसको उमेर १८ देखि ४६ रहेको छ । यसैगरि धनकुटा निवासि ३४ बर्षिय महिला र सुनसरिको धरान उपमहानगरपालिका निवासि ५१ बर्षिय महिलामा पनि संक्रमण पुष्टि भयको मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कुल संक्रमित मध्ये ४५ जना निको भयर घर फर्किसकेका छन् भने २ जनाले ज्यान गुमायका छन् ।

बिश्वभरि महामारिको रुपमा फैलियको कोरोना भाईरस ( कोभिड १९) का कारण हालसम्म ३ लाख २९ हजार २ सय ९४ जनाले ज्यान गुमायका छन् ।

५० लाख ८२ हजार ६ सय ६१ जना संक्रमित भयका मध्ये २० लाख २० हजार १ सय जना भने उपचार पछि निको भयर घर फर्कियका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ५५३ नयां सक्रमित थपिय संगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेर १ लाख १२ हजार पुगेको छ । जहां पछिल्लो २४ घन्टामा मात्र १३२ जनाको मृत्यु भइसकेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ४ सय नाँघेको छ ।

यस्तै कोरोना भाईरसबाट सबै भन्दा बढि प्रभाबित भयको अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १५ सय जनाले ज्यान गुमाय संगै मृतकको संख्या ९४ हजार ९ सय ९४ पुग्दा संक्रमितको संख्या १६ लाख नजिक पुगेको छ

उता बेलायतमा पछिल्लो २४ घन्टामा ३६३ जनाको मुत्यु भय संगै ज्यान गुमाउनेको संख्या ३५ नाघेको छ भने २ लाख २७ हजार संक्रमित भयका छन् । यसैबिच उता चिनमा भने पछिल्लो २४ घन्टामा कसैको मृत्यु भयको छैन , ५ नयां सक्रमित थपिय संगै सकंरमितको संख्या ८२ हजार ९ सय ६५ जना पुगेको छ । ७८ हजार २ सय ४४ जना उपचार पछि निको भयका छन् ।