नेपालको नयां नक्सा सार्वजनिक । भारतले आफ्ना नागरिक फिर्ता लग्यो

नेपालको नयां नक्सा सार्वजनिक । भारतले आफ्ना नागरिक फिर्ता लग्यो

। बुधबार नेपालले आफ्नो नयां नक्सा सार्बजनिक गरेको छ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा सहितको नयां नक्सा औपचारिक रुपमा सार्बजनिक गरेको हो ।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत भुमि ब्याबस्था तथा सहकारि मन्त्रालयले नयां नक्सा सार्बजनिक गरेको थियो । दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा,लिपुलेक र कालापानि समेटेर देशको नंया नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषदको बैठकले गत सोमबार निर्णय गरेको थियो ।

सोहि निर्णय बमोजिम एक कार्यक्रमका मन्त्रालयले बुधबार नंया नक्सा सार्बजनिक गरेको हो । ६ महिना अंघि भारतले लिम्पियाधुरा र कालापानि समेत समेटेर नयां नक्सा जारि गरेपछि मिचियको आफ्नो भुमि फिर्ता ल्याई लिम्पियाधुरा र कालापानि पनि समेटर नयां नक्सा बनाउन चौतर्फि दबाब परेको थियो ।

नेपालको ३ सय ९५ बर्ग किमि भुभाग समेटर भारतले आफ्नो नक्सा बनायको थियो ।

यो पनि पढ्नुहोस

लकडाउनका कारण नेपालमा थुनियका आफ्ना १६५ जना नागरिकलाई भारतले आफ्नो देश लगेको छ ।

भारतको राष्टिय ध्वजाबाहाक एयर इन्डियाको ए ३२० जहाजले बुधबार चार्टड बिमान मार्फत काठमान्डौबाट फिर्ता लगेको हो । लक डाउन भय यता ३५ भन्दा बढि चार्टड उडान भयका छन्

।सरकारले चैत्र ९ गते राति १२ बजेपछि नेपाल उडान भर्ने सबै अन्तराष्टिय हवाई उडानमा रोक लगायको छ ।