भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार माथि

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार माथि

बिश्वभरि महामारिको रुपमा फैलियको कोरोना भाईरस ( कोभिड १९) का कारण हालसम्म ३ लाख २९ हजार २ सय ९४ जनाले ज्यान गुमायका छन् ।

५० लाख ८२ हजार ६ सय ६१ जना संक्रमित भयका मध्ये २० लाख २० हजार १ सय जना भने उपचार पछि निको भयर घर फर्कियका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ५५३ नयां सक्रमित थपिय संगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या बढेर १ लाख १२ हजार पुगेको छ । जहां पछिल्लो २४ घन्टामा मात्र १३२ जनाको मृत्यु भइसकेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ४ सय नाँघेको छ ।

यस्तै कोरोना भाईरसबाट सबै भन्दा बढि प्रभाबित भयको अमेरिकामा पछिल्लो २४ घन्टामा मात्र १५ सय जनाले ज्यान गुमाय संगै मृतकको संख्या ९४ हजार ९ सय ९४ पुग्दा संक्रमितको संख्या १६ लाख नजिक पुगेको छ

उता बेलायतमा पछिल्लो २४ घन्टामा ३६३ जनाको मुत्यु भय संगै ज्यान गुमाउनेको संख्या ३५ नाघेको छ भने २ लाख २७ हजार संक्रमित भयका छन् । यसैबिच उता चिनमा भने पछिल्लो २४ घन्टामा कसैको मृत्यु भयको छैन , ५ नयां सक्रमित थपिय संगै सकंरमितको संख्या ८२ हजार ९ सय ६५ जना पुगेको छ । ७८ हजार २ सय ४४ जना उपचार पछि निको भयका छन् ।

यता नेपालमा भने सक्रमितको सँख्या ४३४ पुगेको छ जसमध्ये ४५ जना उपचार पछि निको भयका छन् भने २ जनाको मृत्यु भयको छ । देश चैत्र ११ देखि लकडाउनको अबस्थामा रहेको छ ।