नेपालको नया नक्सा जारी भयपछि मोदीले यस्तो सम्म भने

नेपालको नया नक्सा जारी भयपछि  मोदीले यस्तो सम्म भने

भारतले नेपालको नयाँ राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन भनेको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको भारतले दावी गरेको छ । उसले भनेको छ, ‘एकपक्षीय रुपमा गरेको यो कार्य हामीलाई मान्य छैन् ।

सीमा विवादमा भारतको अडानबारे नेपाल जानकार रहेको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्, ‘हामी नेपाललाई यस्तो अनुचित दाबी नगर्न र भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गर्छ ।’