कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

कन्ट्याक ट्रेसिङमा संलग्न डाक्टरलाई पनि कोरोना संक्रमण

नेपालमा आज थपियका २७ संक्रमित मध्ये एक जना ललितपुरका चिकित्सक भयको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता समिर कुमार अधिकारिका अनुसार संक्रमित भनियका डाक्टर इपिडिमियोलोजि तथा रोग नियन्त्रण कार्यलयमा कार्यरत कर्मचारि भयको खुलेको छ । सहप्रवक्ता अधिकारिका अनुसार उनि २६ बर्षिय पुरुष भयको खुलेको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । भने कोरोना संक्रमण ३४ जिल्लामा फैलियको छ र देशका सातै प्रदेश प्रभाबित भयका छन् ।

जसमध्ये ३४० जना पुरुष रहेका छन् भने ६३ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देबकोटाले जानकारि दिनुभयको छ ।आज थपियको २७ संक्रमित मध्ये झापाका ९ , मोरंगका १ ,सुनसरि १ , सर्लाहि २, काठमान्डौबाट ३ जना यस्तै भक्तपुरबाट १, कपिलबस्तु १ ,रामेछाप १ , ललितपुर १, सिन्धुलि १, लमजुंगमा १ , नवलपरासिमा १ जना गरि थप २७ नंया सक्रमित थपियको मन्त्रालयले पत्रकार सम्मेलन मार्फत जानकारि गरायको हो । यो संगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४०२ पुगेको छ ।

जसमध्ये ३६ जना उपचारपछि निको भयर घर फर्कियका छन् भने दुई जनाको मृत्यु भयको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेका छन् ।

कोरोनाका कारण देश चैत्र ११ गते देखि जेष्ठ २० सम्मको लागि लकडाउनमा छ । कोोरोना नियन्त्रण र रोकथामको लागि लक डाउन गरिय पनि बिस्तारै नेपालमा संक्रमितको संख्या बढ्दै गईरहेको छ

। हाल कोरोना संक्रमणका कारण बिश्वभर ३ लाख २० हजार भन्दा बढिको मृत्यु भइसकेको छ ।

जसमध्ये अमेरिकामा सबै भन्दा बढिले ज्यान गुमायका छन् भने छिमेकिमुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ३५ सय भन्दा माथि रहेको छ ।