कोरोना बिरुद्ध मानिसमा गरियको परिक्षण खोप सफल

कोरोना बिरुद्ध मानिसमा गरियको परिक्षण खोप सफल

बिश्वभर करिब ३ लाख २० हजार भन्दा बढि मानिसको मृत्यु भयपछि कोरना बिरुद्द मानिसमा गरियको परिक्षण सफल भयको छ ।

अमेरिकामा गरियको परिक्षणमा खोप सफल भयको दाबि गरियको छ । नेसनल इन्सिटच्युटअफ हेलथको साझेदारिमा बायोटिक कम्पनि मोडेर्ना ले बनायको एमआरएनए १२७३ नामक खोपले अपेक्षा गरियभन्दा बढि काम गरेको अन्तराष्टिय संचार माध्यमले जनायका छन् ।

औषधिलाई अनुमति दिने संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ले मोडना कम्पनिलाई खोप परिक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दियको छ ।

खोप परिक्षण गराउन मोडर्ना कम्पनिले ६ सय जनालाई सहभागि गराउने छ । त्यसपछि खोपको तेस्रो चरणमा हजार जना भन्दा बढिलाई सहभागि गराउने जनायको छ तेस्रो परिक्षण जुलाईमा गरिने छ । तर यो खोप थप परिक्षण पछि मात्र बजारमा पठाउने कम्पनिका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बतायका छन् ।

यो खोपलाई निकै आसाका साथ हेरियको छ । हाल बिश्वभर माहामारिको रुपमा फैलियको कोरोना भाईरसका कारण संसारभरका ३ लाख २० हजार १ सय ८० जनाको मृत्यु भयको छ । ४८ लाख ९४ हजार ७१ जना संक्रमित हुदा १९ लाख ७ हजार ९ सय ९२ जना भने उपचार पछि निको भयका छन् । जसमध्ये सबैभन्दा बढि अमेरिकामा ९१ हजार ९ सय ८१ जनाको मृत्यु भयको छ भने ११ लाख १ हजार ९ सय ३० जना उपचार पछि निको भयका छन् ।

यस्तै छिमेकि मुलुक भारतमा यो समचार तयार पार्दा सम्म ३ हजार १ सय ६३ जनाले ज्यान गुमाउदा ३९ हजार २ सय ३३ जना भने उपचार पछि घर फर्कियका छन् । यस्तै चिनमा भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भयको छ ।