कोरोनाबाट मृत्यु भएकी महिलाको शव आर्यघाटसम्म पुर्याउने टोलीको चौतर्फी प्रसंशा

कोरोनाबाट मृत्यु भएकी महिलाको शव  आर्यघाटसम्म पुर्याउने टोलीको चौतर्फी प्रसंशा

अरुण सैजु र उनको टोली (आरएनए १६) ले कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएको सुत्केरी महिलाको शवलाई पशुपति पुर्‍याएका हुन् ।

काेराेनाका कारण ज्यान गुमाएकी सुत्केरी महिलाकाे मृत शरीर लिएर जान काेही तयार नभएपछि उनीहरू शनिबार भक्तपुरबाट धुलिखेल अस्पताल गएका थिए ।

लकडाउन सुरु भएको दिनदेखि उक्त टोलीले भक्तपुर अस्पतालमा स्वयम्सेवा गर्दै आएकाे छ ।

टोलीका एक सदस्य फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का स्वयंसेवक हुन् र अन्य तीन जना नेपाल स्काउटका सदस्य पनि हुन् ।

चारजनाकाे समुह स्वयम्सेवा कार्यमा संलग्न छन् । आगलागी , तराईमा बाढी, २०७२ को भूकम्प, जस्ता बिपत्तिमा योगदान गरेका थिए ।

शनिबार नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको पुष्टि भएको थियो । २९ वर्षिय महिला काेराेनाका कारण नेपालमा ज्यान गुमाउने पहिलाे महिला हुन ।

२४ वैशाखमा त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।