युरोप र अमेरिकामा बालबालिकामा दुर्लभ रोगका लक्षणहरु देखियो

युरोप र अमेरिकामा बालबालिकामा दुर्लभ रोगका लक्षणहरु देखियो

कोरोना संक्रमण नियन्त्रणमा नआएपछि ब्राजिलमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको संक्रमण र युरोप र अमेरिकामा बालबालिकामा देखा परेको स्वास्थ्य समस्याका बारेमा अध्ययन थालेको जनाएको छ ।

डब्लुएचओले कोरोना र अमेरिका र युरोपमा संक्रमणमा परेका बालबालिकाको स्वास्थ्य अवस्था र कोरोनासँग उक्त रोगको सम्बन्धका बारेमा अध्ययन थालेको जनाएको हो ।

पछिल्ला केही हप्ताहरुमा ती देशमा बालबालिकाहरुमा दुर्लभ मानिने कावाकाकी रोगका लक्षणहरुका बारेमा अध्ययन भइरहेको डब्लुएचओले जनाएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार कोरोनाका लक्षणसँग मिल्दोजुल्दो भनिएपनि थप अध्ययन भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेबेयसिसले बताउनुभयो ।

डब्लुएचओले बालबालिकाहरुमा देखिएको उक्त रोगलाई मल्टिस्टिम इन्फ्लेमेटरी सिन्ड्रोम नामाकरण गरेकोसमेत जनाएको छ ।

१४ वर्षसम्मका बालबालिकाहरुको मृत्यु हुन थालेपछि डब्लुएचओले थप अध्ययन थालेको जनाएको छ ।(एजेन्सी)