अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसले मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो

साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ५१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८८ हजार ४२४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९३१ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १४ लाख ८२ हजार ५२४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख २२ हजार २६४ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १० लाख ७१ हजार ८३६ जनामध्ये १६ हजार १४२ जनाको अवस्था गम्भीर रहेको छ ।