स्वस्तिमा खड्काले अमेरिकन फिल्म गर्ने चर्चा ? यस्तो रहेछ बास्तबिकता

स्वस्तिमा खड्काले अमेरिकन फिल्म गर्ने चर्चा ? यस्तो रहेछ बास्तबिकता

स्वस्तिमा खड्काले अमेरिकन फिल्म गर्ने चर्चा बाहिर आएसँगै यतिखेर अर्की नायिका केकी अधिकारी पनि उक्त फिल्ममा रहने भएको खबर बाहिरीएको छ । तर यथार्थमा उक्त फिल्ममा दुई नायिका नभई दुई कलाकार नेपालबाट रहने कथा भएको बुझिएको छ ।

त्यसको लागि स्वस्तिमा खड्कालाई बहिनीको भुमिकामा कुरा गरेको थियो भने केकीलाई स्वस्तिमाको दिदीको भुमिकामा अफर गरिएको थियो । अमेरिकन भनिएको फिल्म कसले निर्माण गर्न लागिएको हो ? कहिलेदेखि छायाँकन हुने हो कुनै जानकारी छैन ।

कतै कलाकारहरु काम बिहीन भएको अवस्थामा चर्चाको लागि यस्तो गसिपहरु आउने त हैनन भन्ने पनि नेपाली दर्शकलाई लाग्न थालेको छ । शुरुमा नायिकाहरुले आफुले कुरा गरेको र अडिशन मार्फत नै छनौट भएको बताउने गर्दछन् ।

तर पछि आफुलाई कथा मन नपरेको बताउँदै उक्त फिल्म छाडेको खबरहरु समेत आउने गर्दछ । त्यसैले पनि यस्ता हल्लाहरु चर्चामा रहिरहनको लागि नयाँ प्रयोग मात्र हुन सक्ने अनुमान छ । केही समय अगाडी अनमोल केसीको वारेमा पनि यस्तै हल्ला चलेको थियो ।

उनी पनि बलिउड फिल्ममा भन्ने समाचार धेरै पटक बाहिर आएको थियो तर समाचार सत्य हुन सकेन । अहिले नै स्वस्तिमाले समाचारको खण्डन गर्न शुरु गरेकी छिन् । उनले उक्त फिल्म अमेरिकन भएको भन्ने पुष्टि गरेकी छिन् ।

तर कुरा भईरहेकोले काम गर्ने नगर्ने निर्णय नभएको जानकारी उनले दिएकी छिन् । केकी अधिकारीले भन्ने यस विषयमा केही जानकारी दिएकी छैनन् । यसरी चर्चामा रहेका कलाकारहरु कुनै बन्न लागेको बलिउड र हलिउड फिल्ममा जोडेर गसिपहरु बाहिर आउने गरिन्छ ।

यस्ता समाचारहरु सत्य नुहनु नेपाली कलाकारहरुका लागि नौलो भने होईन । चर्चामा रहेका कलाकारहरु चर्चामै रहन मन पराउँछन् । यसका लागि उनीहरु अनेक किसिमका फण्डाहरु बनाउने गरिरहेका हुन्छन् । तर त्यो फण्डासँगै सेलाउने गरिन्छ ।

भलै स्वस्तिमा खड्का र केकी अधिकारीको सवालमा यो असत्य होला । तर कलाकारहरु बेला बखत अनावश्यक फण्डा निकालेर रमाउने गरेको पनि सत्य नै हो । यसरी नै स्वस्तिमा र केकीको अमेरिकन फिल्मको यात्रा सत्य रहोस् हाम्रो कामना ।