जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर

जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर

जे माग्यो त्यहि पूरा हुने बागलुङ भैरवस्थानको मन्दिर पश्चिमाञ्चलको प्रसिद्ध धामिर्कस्थल बागलुङको बलेवा भैरवस्थान मन्दिर प्रचारप्रसार र ब्यबस्थापनको अभाबमा ओझेलमा पर्दै गएको छ । कालभैरबको रुपमा परिचित भैरव मन्दिरमा नवदुर्गा लगायतका बिशेष पर्वहरुमा ठुलो मेला लाग्दै आएको छ ।भैरव देवताको भाकल गरेमा आँटेको पुरा हुन्छ भन्ने बिश्वासमा बागलुङ, पर्वत, कास्की, स्याङजा तथा गुल्मी लगायत देशैभरीका बर्षेनी ठुलो संख्यामा तीर्थालुहरु आउने गरेका छन् ।

१५ औं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाईकाबीच झगडा परेपछि एक भाई छुटिएर बलेवामा आएको र भैरव पनि छुट्याएर यही ल्याएर स्थापना गरेको विश्वास गरिन्छ ।मागेको कुरा पुरा भएको भक्तजनको भनाई रहेको भन्दै मन्दिरका पुजारीले मन्दिरलाई परिवर्तन गर्नका लागी समितिको सल्लाह भैरहेको बताउनुभयो।

करिब १७ सय मिटरको उचाईमा रहेको मन्दिरबाट मनोरम हिमश्रृङखला तथा अन्य क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरसम्म जानका लागी पर्वत र बागलुङ्गको सिमानामा पर्ने मालढुंगादेखि कच्ची मोटरबाटो पुगेको छ । कुश्मा बजारबाट बलेवा जोड्ने केबुलकार निर्माण भैसकेपछि भने विशेष पुजाको समयमा धेरै नै भक्तजनहरु आउने गरेको स्थानीयबासीको भनाई छ ।

पहिलेको तुलनामा अझै पनि मन्दिर केही परिवर्तन हुन नसकेको भक्तजनको गुनासो रहेको मन्दिरका पुजारीको भनाई छ ।प्रसिद्ध भैरवस्थान मन्दिरमा धार्मिक पर्यटकको आकर्षण बढिरहदा मन्दिर व्यवस्थापन भने राम्रो संग हुन नसकेको मन्दिरका पुजारीको भनाई थियो ।

मङगलबार र शनिबार विशेष पूजाआजा हुने मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ सयौँ भक्तजन पुग्ने गर्छन् । बलेवा क्षेत्रका आधा दर्जनभन्दा बढी गाविसको प्रसिद्ध कोत मन्दिरका रुपमा पनि मन्दिर परिचत छ ।

भौगोलिक हिसाबले पनि सौन्दर्ययुक्त स्थानमा अवस्थित मन्दिरमा पूजाआजाका साथै घुमफिर गर्न जाने पर्यटकको भिड लाग्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र थापाले बताउनुभयो ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम
१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।