पूर्वराजा ज्ञानेन्द्रलाई झापाबाट काठमाडौं आउन दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरिदियो

पूर्वराजा ज्ञानेन्द्रलाई झापाबाट काठमाडौं आउन दिएको सवारी पास गृह मन्त्रालयले खारेज गरिदियो

 पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले सवारी पास नै रोकिदिएको छ ।

झापामा रहेका पूर्वराजा शाह र उनकी पत्नी कोमल शाह शुक्रबार काठमाडौँ आउन झापा जिल्ला प्रशासनले दिइसकेको सवारी पास पनि पछि खारेज गरिएको हो ।

काठमाडौं जानका लागि बिहीबार झापा प्रशासनले जारी गरेको सवारी पास केही घण्टामै खारेज गरिएको झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले स्वीकारेका छन् ।

सवारी पास लिन आएका पूर्व राजा शाहका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले तत्कालै सवारी पास दिएकामा पछि गृह मन्त्रालयको आदेशमा पास खारेज गरेको हो । गृह मन्त्रालयले हाम्रो आदेश नआउँदासम्म पास जारी नगर्नु भनेकाले रद्द गर्नुपरेको रानामगरले जानकारी दिएका हुन् ।

सोमबार गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको थियो ।

पूर्व राजा ज्ञानेन्द्र शाह लकडाउन शुरु हुनुअगावै पत्नी कोमलसहित झापा पुगेका थिए र बन्दाबन्दीका कराण त्यही बसिरहेका छन् ।