२७ दिनमा कोरोना जितेर थप एक जना डिस्चार्ज

२७ दिनमा कोरोना जितेर थप एक जना  डिस्चार्ज

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका थप एक जना निको भएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २५ वर्षीय जमाती महम्मद अदुबकर सुल्तान निको भएर डिस्चार्ज भएका हुन् । यससँगै प्रदेश १ मा निको हुनेको संख्या १७ पुगेको छ ।

५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा उनीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२७ दिनको उपचारपछि डिस्चार्ज भएका उनलाई रानी मरकजको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर वस्नेतले जानकारी दिए ।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । सबैको अवस्था सामान्य छ ।