काठमाडौंमा ७ वर्षि बालकमा पनि कोरोना संक्रमण , संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौंमा  ७ वर्षि बालकमा पनि कोरोना संक्रमण , संक्रमितको संख्या २४९ पुग्यो

नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार साँज विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएहो हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं को दहचोकका ७ वर्षि बालक, जनकपुर धनुषाका १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपाल मा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन्।