विदेशमा रहेका नेपाली ल्याउने तयारी

विदेशमा रहेका नेपाली ल्याउने तयारी

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका र कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउन सरकारले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाली श्रम रोजगार पत्रकार समूहले सोमबार ‘कोभिड १९ का कारण विदेशमा अलपत्र श्रमिकको व्यवस्थापनमा सरकारको आगामी योजना’ विषयमा आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा अप्ठेरोमा परेका नेपालीको पहिचान गरेर प्राथमिकताका आधारमा स्वदेश ल्याइने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले उनीहरूलाई कुन मितिमा ल्याउने भन्न सकिने अवस्था नरहेको स्पष्ट गरे ।

उनले भने, ‘‘जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुरालाई योजना बनाएर मात्रै काम गर्नुपर्छ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे गहन छलफल गरेका छौँ ।

’’ यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लखेकी छिन् ।

यो पनि पढ्नुहोस

कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरिएको नेपालगञ्ज उपमहानगरपालिकामा मेयर डा धवल शमशेर राणाले जानकारी दिए ।

मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (बिहीबार) मध्यराति सम्मका लागि घरबाट बाहिर ननिस्ककने गरी निषेधित क्षेत्र तोकिएको डा राणाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर मंगलबारदेखि बिहीबार मध्यरातिसम्मका लागि कसैलाई घरबाट बाहिर ननिस्केनगरी निषेधाज्ञा जारी गरेको बताए ।

अब २५ गतेसम्म कुनै पनि व्यक्तिले बाहिर निस्किन पाउने छैनन् । बाहिर निस्केका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए ।