लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो

लकडाउनबारे निर्णय गर्न बस्न लागेको मन्त्रिपरिषद बैठक सर्‍यो

दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ । बैठक पाँच बजेका लागि सारिएको हो ।

प्रधानमन्त्री केपीशर्मा ओली अन्य बैठकमा पनि सहभागी हुनुपर्ने भएका कारण मन्त्रिपरिषद् बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने नलम्ब्याउने वा खुकुलो पार्ने नपार्ने बारे निर्णय गर्ने तयारी गरिएको छ । यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ ।

मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सँग छलफल गर्ने छन् ।

हिजो शनिवार बसेको कार्यदलले एक साता लकडाउन थप गर्न सुझाव दिएको थियो भने उच्च स्तरीय समितिले पनि तत्काल लकडाउन खोल्ने अवस्था नरहेको राय सरकारलाई दिएको थियो ।

आजको छलफल पछि सरकारले यसबारे निर्णय गर्ने छ ।