‘विश्वमा अझै खराब स्थिति आउन बाँकी छ’- विश्व स्वास्थ्य संगठन

‘विश्वमा अझै खराब स्थिति आउन बाँकी छ’- विश्व स्वास्थ्य संगठन

अमेरिका र चीनबीच कोरोना भाइरसको उत्पति र विश्व स्वास्थ्य संगठनको भूमिकाका विषयमा आरोप प्रत्यारोप चलिरहेका बेला विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका बारेमा गम्भीर चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा.टेड्रोस ग्रीब्रियासले कोरोनाकै कारण विश्वमा अझै खराबभन्दा खराब स्थिति आउन बाँकी रहेको चेतावनी दिएका हुन् ।

उनले भने, ‘केभिड–१९ का कारण विश्वमा अझै खराब स्थिति आउन बाँकी छ, त्यसेबला विश्वले महामारीको नराम्रो रुप देख्नेछ ।’ उनले विश्वमा २ देखि ३ प्रतिशत जनसंख्यामा मात्र यो भाइरसविरुद्द लड्ने प्रतिरोध क्षमता भएको दाबी गर्दै भाइरस विरुद्दको खोप नबनेसम्म अवस्था निरन्तर बिग्रँदै जाने चेतावनी दिए ।

मंगलबार जेनेभामा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा महानिर्देशक गिब्रियासले विश्वका सबै देशहरुलाई लकडाउन हटाउने निर्णयमा हतार नगर्न समेत अपिल गरे ।