दश वर्षीय नेपाली बालकमा कोरोना संक्रमण

दश वर्षीय नेपाली बालकमा कोरोना संक्रमण

दक्षिण भारतीय सहर बैंग्लोरमा दश वर्षीय नेपाली बालकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । यी बालकमा एक साताअघि संक्रमण पुष्टि भएको हो । हाल उनको बैंग्लोरकै भिक्टोरिया अस्पतालमा उपचार भइरहेको छ । र अवस्था सामान्य रहेको बालकका बुवाले जानकारी दिएका छन् । यसअघि यी बालकका बुवाआमालाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो । सुदूरपश्चिम बझाङंको चैनपुरी निवासी यो नेपाली परिवार कामको सिलसिलामा भारतमा बस्दै आएको छ । अघिल्लो महिना बालकका ४५ वर्षीय बुवा र ३५ वर्षीया आमामा कोभिड १९ पुष्टि भएको थियो । यी महिला एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।