कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो, करिब साढे २२ लाख व्यक्ति संक्रिमत

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ५४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो ।

यसैगरी संसारभर संक्रमित हुनेको संख्या २२ लाख ४८ हजारभन्दा बढी भएको छ । कोभिड–१९ बाट ५ लाख ७१ हजार व्यक्ति भने उपचारपछि निको भई घर फर्किएका छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा ७ लाख ९ हजार नाघेको छ । कोरोनाबाट अमेरिकामा ३७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकापछि बढी प्रभावित इटालीमा २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या एक लाख ७२ हजार नाघेको छ । स्पेनमा २० हजारभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ९० हजार नाघेको छ ।

फ्रान्समा १८ हजार ६ सयभन्दा बढीको मृत्यु हुँदा एक लाख ४७ हजारभन्दा बढी संक्रमित भएका छन् । बेलायतमा १४ हजार ५ सयभन्दा बढीको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ८ हजार नाघेको छ । 

यसैगरी इरानमा ४९५८, बेल्जियममा ५१६३, जर्मनीमा ४३५२, चीनमा ४६३२, नेदरल्याड्समा ३४५९, ब्राजिलमा २१४१, स्वीडेनमा १४०० जनाको मृत्यु भएको छ  ।