कोरोनाको सङ्क्रमणका कारण स्पेनमा एकै दिन आठ सय ३८ को मृत्यु

कोरोनाको सङ्क्रमणका कारण स्पेनमा एकै दिन आठ सय ३८ को मृत्यु

स्पेनमा विगत २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार एकैदिन आठ सय ३८ को मृत्यु भएको  पुष्टि गरेको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।

स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ ।

मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।