कोरोनबारे जानकारी दिने मोबाइल एप

कोरोनबारे जानकारी दिने मोबाइल एप

काठमाण्डौ – सरकारले कोरोनबारे जानकारी दिने मोबाइल एप सञ्चालनमा ल्याएको छ । 

कोरोना संक्रमित व्यक्तिको पहिचान र उसको उपचारको व्यवस्था गर्न मोबाइल एप सञ्चालनमा ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 एपको माध्यमबाट सरकारले ५० वर्षभन्दा माथि उमेरका व्यक्तिको बारेमा जानकारी लिने मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यो एपको माध्यमबाट व्यक्ति आफैँले कोरोना भए/नभएको बारेमा जानकारी लिनसक्ने र तत्काल अस्पताल लैजान सकिने व्यवस्था गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो । चीनबाट आवश्यक सामग्री आइसकेकाले अब छिट्टै अरु प्रदेशमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाउने उहाँले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार यो एपबाट देशभर कति क्वरेन्टीन र आइसोलेशन छन् भन्ने लगायतका विवरण थाहा पाउन सकिनेछ । यस्तै एउटा अस्पतालमा खोजिएको सुविधा आफू नजिकैको अस्पतालमा रहे नरहेको र अर्को कुन अस्पतालमा सुविधा छन् भन्ने कुरा खोज्न पनि एप सहयोगी हुने उहाँको भनाइ छ ।