एक इण्डियनले भन्योः तेरो देशको झण्डालाई १० हजार सेयर गराएर देखा

एक इण्डियनले भन्योः तेरो देशको झण्डालाई १० हजार सेयर गराएर देखा

एक जना इण्डियनले भन्योः हाम्रो झण्डामा त लाखौं लाइक हुन्छ, तेरो देशको झण्डालाइ १० हजार सेयर गराएर देखा । के हाम्रो देशको झण्डामा १० हजार सेयर पुग्दैन र ? आफ्नो देशको झण्डालाई संसारभर चिनाउन सबैले सेयर गरेर सहयोग गरौ ।

देख्‍नासाथ शिर झुकाएर सम्मान गरौंगरौं लाग्‍ने, विश्व समाजले ठ्याक्कै चिन्ने राष्ट्रिय झण्डा कसको छ ? नेपालको छ । 

विश्वमा सबैभन्दा प्राचीन झण्डा कसको छ ? नेपालको छ ।

सम्पूर्ण जनतालाई एकताको सूत्रमा बाँध्न सक्ने, विश्वभरीका मानिस माझ सन्देश प्रवाह गर्न सक्ने झण्डा कसको छ ? नेपालको छ ।

चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा देख्दा गर्वले छाती फुल्छ, श्रद्धाले शिर निहुरिन्छ भने तपाईं सच्चा नेपाली हो । नेपाल र नेपालीको गरिमा र गौरव हो राष्ट्रिय झण्डा । देशको शान, मान र इमान हो । नेपाली ज्ञान, विज्ञान, कला, संस्कृति, समृद्धि र एकताको परिचायक हो । यो झण्डाले नेपालको प्राचीताको परिचय दिन्छ, नेपाल र नेपालीको महानता झल्काउँछ ।

चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा देख्नासाथ विश्वमा जहाँ र जुन देशमा पनि नेपालीले गर्ववोध गर्छन् । त्यसैले जहाँजहाँ नेपाली छन् त्यहाँ चन्द्रसूर्य अंकित झण्डा छ । विश्वको सर्वाधिक प्राचीन झण्डा नेपालकै हो । विश्वमा सबैभन्दा फरक रंग, आकार र प्रकारको झण्डा नेपालकै हो । विश्वको सबैभन्दा सुन्दर झण्डा नेपालकै हो । विश्वको सबैभन्दा प्रतिकात्मक झण्डा नेपालकै हो । यति विलक्षण झण्डाको सम्मान गर्न, यसको गौरव र कीर्ति अझ बढाउन कुनै दिवससँग झण्डालाई गास्न आवश्यक थियो । यो वर्षबाट त्यो काम सुरु भएको छ 

हो, नेपालको चन्द्रसूर्य अंकित झण्डा विलक्षण छ । याे परम गाैरवशाली झण्डाकाे सम्मानमा पहिलाे पटक देशले दिवस मनाउन गइरहेकाे छ । सरकारले ३ असाेजलाई झण्डा दिवस घाेषणा गरेकाे छ । यस्ताे बेला सम्झनैपर्ने अनि सम्मान गर्नैपर्ने एक पात्र हुन्- शंकरनाथ रिमाल ।

यो झण्डालाई आजको स्वरुप दिएका हुन् शंकरनाथ रिमालले । झण्डा बनाउने जस्तो गहन जिम्मेवारी पाउँदा उनी २६–२७ वर्षका मात्र थिए । सानो उमेरमा ठूलो जिम्मेवारी पाएका थिए ।

 

प्रत्येक देशको आ–आफनो राष्ट्रिय झण्डा हुन्छ । हरेक देशको झण्डा फरक फरक हुन्छन् र तिनको आफ्नै विशेषता छन् ।

झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यद्यपी त्यसबारे कुनै ठोस प्रमाण भेटिएको छैन । लडाइँको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे ।

शुरुमा लौरामा बाँधेर टांगिने ती रंगीन कपडाहरुलाई विशेष आकार, प्रकार र रुपरङमा बनाउन थालिएको इतिहास छ ।

सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् ।

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।

नेपाली चाडपर्व, राष्ट्रिय उत्सव, अन्तर्रािष्ट्रय प्रतियोगिता विदेशस्थित कूटनीतिक निकाय विश्वसम्मेलन र सभामा नेपाल चिनाउने माध्यम । नेपाली प्रतिनिधि मण्डलको व्यक्तित्व बलिष्ठ बनाउने, आत्मविश्वास उठाउने आत्मगौरवको भर कहाँ धरमराउँथ्यो र यो त झन समर विजयी भएर उभिएको छ । सगरमाथा आरोहण जस्ता विश्व कीर्तिमा यही झण्डा उभिन्छ

नेपाली राष्ट्रध्वजको संरचना सामान्य होइन । यो त अध्यात्म र प्रकृतिको संयोजन हो । यो झण्डामा रहेको पृष्ठमा राखिएको झुल्केघामको प्रकाशजस्तो गाढा रातो रङले प्रकृतिको शक्ति झल्काउँछ । सदा उदय र विजयको संकेत गर्छ । श्रीवृद्धिको अर्थ दिन्छ । स्वास्थ्य र दीर्घायु प्रष्टयाउँछ । उर्वरा र अजेयी तेजको लावण्य बुझाउँछ । सौभाग्यशाली संस्कृतिको विशारद ब्यूझाउँछ । यो तेजस्वी प्राण यसमा छ र नै त यो सदासदा उभिइरहेको छ । उन्नत भइरहेको छ ।

 

आफूलाई विश्वमै बलशाली भन्ने विदेशीले यसका विरुद्ध धावा बोले तर ती पराजित भए । देशमा बसेर यो झण्डाविरुद्ध तिनै विदेशीका वाक्य बोल्नेहरु टिक्ने कसरी ? विश्वमा यसको कुनै विकल्प हुँदैन । विश्वनिधिको विकल्प कुनै बुद्धिले दिनैसक्तैन । दोस्रो स्वयम्भू कसैले स्वीकार्दैन

आफूलाई विश्वमै बलशाली भन्ने विदेशीले यसका विरुद्ध धावा बोले तर ती पराजित भए । देशमा बसेर यो झण्डाविरुद्ध तिनै विदेशीका वाक्य बोल्नेहरु टिक्ने कसरी ? विश्वमा यसको कुनै विकल्प हुँदैन ।

 

यसलाई बर्को बनाएर ओड्ने, मोटरसाइकलमा हुइकाउने,मोटरगाडीको भित्तामा लतरपतर पारेर पोत्ने लहर्याउने , यसको संरचना र स्वरपलाई भाँचेर बटारेर सवारी साधन विमान, संस्थाको संकेत बनाउन, जसरी पनि कोर्ने जोर्ने हो भने संविधानले यसको निर्माणविधि किन निर्धारण गर्नुपर्यो र ? यो जहाँ देखिन्छ त्यहाँ राष्ट्रिय उपस्थिति हुन्छ । राज्यनिकायलाई यसैले चिनाउँछ । देशत्वको बीज । युद्ध होस वा शान्तिसन्देशको जनलहर यसैले नेपाली शिर चिनाउँछ । नेपाली परिचयको सर्वोच्च प्रतीक । यससँग हाम्रो सार्वभौमसक्ता, स्वतन्त्रता,सम्पन्नता, सभ्यता, एकता र शीर्षस्थानको सम्बन्ध छ । सर्वाधिक उच्च संकेतको सदुपयोग गर्नु सबैको दायित्व हो । सम्माननीय वस्तुको सम्मान आदरकदर नगर्ने समाज उत्कृष्ट रहन सक्दैन उसको आदर्श रहँदैन । त्यसको भावी उन्नति पनि हुँदैन । प्रतिष्ठा गर्ने शैली नै प्रगतिको पाइला हो । यो राष्ट्रिय प्रतीक नेपाली व्यक्तित्वको जीवन्त बिम्ब हो । यसमा हाम्रा पुर्खाले रगत पसिना सिंचेर प्राणप्रतिष्ठा गरेका छन् । यसलाई बतासले हल्लाउँदा पुर्खाप्राणको आभास हुन्छ । यो राष्ट्रध्वज अमर र जीवन्त रहेको देखाउँछ

 

चन्द्रसूर्य अंकित झण्डामा गर्व गरौं, यो झण्डालाई शान्ति र समृद्धिको प्रतिक बनाऔं । यो झण्डालाई मानवताको सर्वाेच्च प्रतिक बनाऔं । 

हाम्रो झण्डा जिन्दावाद ।